Rule 14
वितरकको काम कर्तव्य
वितरकको काम, कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) तोकिएको क्षेत्र (वीट) मा हुलाक वस्तुहरू डेलिभरी दिने
(ख) दर्ता हुलाक वस्तु डेलीभरी गरेको निस्सा हुलाक प्रतिनिधिबाट प्रमाणित गराइ राख्ने,
(ग) हुलाक प्रतिनिधि बिदा बसेको बखतमा निजको काम गर्ने,
तर यसरी हुलाक प्रतिनिधि बिदामा बसेको बखत काम गरे बापत निजले कुनै थप पारिश्रमिक पाउने छैन ।